खेलकुद

विश्वकप सकिनै लाग्यो तर अझैँ घटेन मेस्सी क्रेज !

काठमाडौं । रुसमा जारी फिफा विश्वपक फुटबलको २१औँ संस्करण सकिनैँ लागेको छ तर अन्तिम सोह्रबाटै बाहिरिएको अर्जेन्टिनाका कप्तान विश्वचर्चित स्टार लियोनेल मेस्सीको क्रेज भने कायमै छ । आइतबार विश्वकपको फाइनलमा फ्रान्स र क्रोएसिया आमनेसामने हुदैँछन् ।

अर्जेन्टिना हारेपनि अर्जेन्टिनाको जर्सी लगाउने देखि लिएर स्टार लियोनेल मेस्सीको मुखाकृति टाउकोमा बनाउने क्रम रोकिएको छैन् । सदाबहार फुटबलका नायक लियोनेल मेस्सीको क्रेज भने घटेको छैन् । उनको मुखाकृतिको ट्याटो शरिभरी बनाउनेहरु पनि धेरै छन् ।

साइबेरियाका मारियो हवाला नामक हजामले विभिन्न टिमका चर्चित खेलाडीहरुको आकृति बनादैँ आएका छन् । उक्त हजामका अनुसार अहिलेसम्म सबैभन्दा बढी लियोनेल मेस्सीको मुखाकृति बनाइमाग्न आएका छन् ।

खेलाडीको समर्थकहरुको भीड लाग्ने गरेको उनले बताए । उनले मानिसको कपाल काट्दा शीरमा विभिन्न खेलाडी आकृति बनाइदिन्छन् । मेस्सीपछि रोनाल्डोको मुखाकृति बनाउन आउनेको संख्या धेरै रहेको ती हजामले बताए । -एजेन्सी