समाचार

मोस्टवान्टेड गुण्डानाइके दावाका सहयोगी सत्यमान नियन्त्रणमा

काठमाडौं । गुण्डानाइके दावा लामाका सहयोगी काठमाडौंबाट पक्राउ परेका छन् । गुण्डानाइके लामाका सहयोगी सत्यमान लामालाई बिहिबार नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका लामालाइ अवैध विदेशी मुद्राको कारोबार, लुटपाट लगायत गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रक्तचन्दनको कारोवारी समेत रहेका सत्यमानमाथि थप अनुसन्धान थालिएको प्रहरी परिसरले जनाएको छ । गुण्डानाइके दावा लामा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका छन् ।