शिक्षा

हाकिमको चरम लापरवाहीका कारण वेदविद्याश्रमतर्फबाट एसईई दिएका विद्यार्थी अन्यौलमा

काठमाडौं । वेदविद्याश्रमतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीमा अन्योलता छाएको छ । यसपटकको एसईई दिएर बसेका विद्यार्थीहरूको नतिजा सार्वजनिक भईसकेको अवस्थामा समेत पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम नबनाईदिएको कारण विद्यार्थीहरूमा अन्यौलता सिर्जना भएको हो ।

नेपाल वेदविद्याश्रमका प्राचार्य केशवप्रसाद अधिकारीका अनुसार पाठ्यक्रम विकास केन्द्रका हाकिमहरुको चरम लापरबाहीका कारणले यस्तो समस्या उत्पन्न भएको छ ।

एसईई दिएर बसेका बटुक प्रवीण सापकोटा आफ्नो भविष्यबारे चिन्ता व्यक्त गर्दै भन्छन्, ‘यसपाली हामी के गर्ने के नगर्ने, अन्योलतामा छौँ । म आफै के गर्ने भनेर बसिरहेको छु, बाल्मिकीमा पनि उत्तरमध्यमा खारेज भएको छ, सापकोटाले भने, वेदविद्याश्रममा पनि भएन भने ल पढ्ने अनि फेरि भाषा दिएर शास्त्रीमा वाल्मीकि भर्ना हुने द्धिविधामा छु ।’

शिक्षाध्यक्षको रणनीतिअनुसार नेपाल संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा हटाइएको स्रोतले बतायो ।