खेलकुद

सन् १९९८ को विश्वकपमा क्रोएसियाको प्रदर्शन यस्तो थियो !

काठमाडौँ । रसियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत अन्तिम सेमिफाइनल खेल बुधबार राती हुदैँछ । नेपाली समय अनुसार आज राती पौने १२ बजे हुने खेलमा क्रोएसिया र एक पटकको विश्वविजेता टोली इङ्ल्यान्ड आमनेसामने हुदैँछ ।

क्रोएसिया झन्डै २ दशपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उ विश्वकप जित्ने दाउमा रहेको छ । विश्वकप १९९८ मा क्रोएसिया तेस्रो भएको थियो । त्यो नै क्रोएसिया विश्वकपमा हालसम्मको ठूलो सफलता हो । १९९८ को विश्वककपमा क्रोएसियाको यस्तो प्रदर्शन थियो ।
समूह चरण
जमैकाविरुद्ध ३–१
जापानविरुद्ध १–०
अर्जेन्टिनाविरुद्ध ०–१

अन्तिम १६
रोमानियाविरुद्ध १–०
क्वाटरफाइनल
जर्मनीविरुद्ध ३–०

सेमिफाइनल
फ्रान्सविरुद्ध १–२

तेस्रो स्थान
नेदरल्यान्डस्विरुद्ध २–१