समाचार

मोडलले बच्चासँगै खेलौनालाई पनि स्तनपान गराएपछि सामाजिक सञ्जालमा हंगामा

काठमाडौं । अमेरिकी मोडल तथा नायिका क्रिसी टीगनले स्तनपान गराईरहेकीे एक तस्बीर समाजिक सञ्जालमा पोष्ट गरेपछि उनले आलोचना खेप्नु परेको छ । इन्ष्टाग्राममा उनले पोष्ट गरेको तस्बीरमा आफ्नी छोरी लूना की सँगै एक खेलौनालाई उनी स्तनपान गराईरहेकी देखिएको हो ।

दुई सन्तानकी आमा क्रीसीले तस्बीरसँगै लेखेकी छन्, “लूना चाहन्थिन यदि मैले उनको खेलौनालाइ स्तन पान गराए भने मलाई लाग्नेछ म जुम्ल्याहा सन्तानकी आमा हो”

एकदिनमै उनको यो पोष्टलाइ इन्ष्टाग्राममा २३ लाख बढी पटक लाइक गरिएको छ भने ट्वीटरमा १८ हजार बढी पटक लाइक गरिएको छ ।
यद्यपी, यो पोष्टलाई कसैले पनि सकारात्मक रुपमा लिएका छैनन् । प्रतिक्रिया दिने सबैले आलोचनात्म टिप्पणी गरेका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘तपाइले यस्तो पोष्ट इन्ष्टाग्राम लगायत सामाजिक सञ्जालमा हाल्न हुदैँन, किनकी यो निजी मामला हो । ’

एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘स्तनपानको मुद्धा ठूलो नबनाईयोस् ।’

अर्का एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘यो प्राकृतिक नियम भएकाले स्तनपान गराइरहेको फोटो अपलोड गर्नु गलत हो । ’

यसमा मोडल क्रिसीले टिप्पणी गर्दै भनेकी छन्, ‘मैले सेल्फी र स्विीमिङ पुलका तस्वीरहरु पोष्ट गर्दा प्रशंसा हुने, यस्तो पोष्ट गर्दा आलोचना हुने मान्छेका सम्मान गर्न सिकौँ । ’

क्रिसीले गायक जोन लेजेन्डसँग विवाह गरेकी छन् । स्तपान सम्बन्धी अभियान चलाउनेहरुले उनको प्रशंसा समेत गरेका छन् ।