खेलकुद

विश्वकपः उमटिटी नायक बनेपछि फ्रान्सले गर्यो कमाल, बेल्ज्यिम घर फिर्ता

काठमाडौं । छिमेकी देश बेल्जियमलाई विश्वकप फुटबलको सेमिफाइनलमा पराजित गर्दै फ्रान्स रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ। फ्रान्सको जितमा रक्षापङ्क्तिका खेलाडी सामुएल उमटिटी नायक रहे।

उनले दोस्रो हाफमा ग्रिजमेनले कर्नरमार्फत दिएको बललाई टाउकोले उत्कृष्ट गोलमा परिणत गरेका थिए।

खेल अवधिभर रक्षात्मक देखिएको फ्रान्स अन्ततः तेश्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। सन् १९९८ मा ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्स सन् २००६ मा इट्लीसँग पेनाल्टीमा हारेको थियो।

प्रतिस्पर्धा
मस्कोमा बुधवार हुने इङ्ग्ल्याण्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग अब उसले उपाधिका लागि खेल्नेछ।

रुस विश्वकपमा शानदार खेल देखाउँदै बेल्जियमले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

फ्रान्सविरुद्ध जित्ने वा बराबरी गर्ने उसको कतिपय प्रयासलाई फ्रान्सेली गोलरक्षकले उत्कृष्ट ढंङ्गले रोकिदिएका थिए।

अन्तिम सिट्टी बज्ने बित्तिकै ुबेन्चु मा रहेका फ्रान्सेली खेलाडीहरू विजय मनाउन मैदानमा छिरेका थिए।

लुकाकुलाई रोक्न दुई फ्रान्सेली खेलाडी खटिएका थिए । टोलीका व्यवस्थापक डिडिए डेसाँलाई उनका सदस्यहरूले थिचेका थिए र पछि गोलाकार उभिएर उनीहरू नाचेका थिए।

भूमिका
२० वर्षअघि फ्रान्सले पहिलो पटक विश्वकप जित्दा डेसाँ टोलीका कप्तान थिए र उनको टोलीले प्यारिसस्थित घरेलु मैदानमा ब्राजिललाई तीन-शून्यले हराएको थियो।

डेसाँले अब ब्राजिलका मारिउ जगालु र जर्मनीका फ्रान्त्स बेकेनबार जस्तै खेलाडी र व्यवस्थापक दुवै भूमिकामा विश्वकप उपाधि चुम्ने लक्ष्य लिएका छन्।

खेलमा बेल्जियमले ६४ प्रतिशत अवधि बल आफ्नो नियन्त्रणमा राखेको थियो।

विश्वकप हेर्न जान नपाएर ख्याति
तर फ्रान्सले पनि निरन्तर प्रत्याक्रमणहरू गर्‍यो र आफ्ना युवा खेलाडी किलियान एमबाप्पेको भरपुर उपयोग गर्ने प्रयास गरेको थियो।

आर्जेन्टिनाविरुद्ध दुई गोल गरेपछि चर्चाको केन्द्रमा रहेका युवा खेलाडी एमबाप्पेले गरेका कतिपय प्रयास विफल भएका थिए।

यो विश्वकपम सहभागी भइरहेको बेल्जियमको फुटबल टोलीलाई उसको अहिलेसम्मै स्वर्णिम टोलीका रुपमा हेरिएको थियो।

क्वार्टरफाइनलमा बेल्जियमले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गरेको थियो।

अपराजित
सन् २०१६ को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलमा स्पेनसँग पराजित भएयताका २४ वटा खेलमा बेल्जियम अपराजित रहँदै आएको छ।

बेल्जियमका ११ खेलाडीमध्ये १० जना इङ्ग्ल्याण्डको प्रिमियर लिगमा आबद्ध छन् । मंगलवारको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडबाट खेल्ने बेल्जियमका स्ट्राइकर लुकाकुलाई फ्रान्सका दुई खेलाडीले कडा निगरानी गरेका थिए।

फ्रान्स फाइनलमा पुगेपछि प्यारिसमा भव्य खुसियाली मनाइँदैछ । खेलअवधिभर उनले जम्मा २२ पटकमात्रै बल छुने मौका पाए। म्यानचेस्टर सिटीबाट खेल्ने डी ब्रोएनले पनि खासै छाप छाड्न सकेनन् भने राम्रो शुरूवात गरेका हजार्डले पनि बललाई गोलपोष्टको दिशा दिन सकेनन्।

अब बेल्जियमले तेस्रो स्थानका लागि इङ्ग्ल्याण्ड र क्रोएसियाबीचको खेलमा पराजित हुने टोलीसँग भिड्नेछ। -बिबिसी