राजनीति

सत्ताधारी दललाई बाबुरामको प्रश्नः सरकारी भवनमा भाडा नै नतिरी पार्टीको बैठक बसाल्न पार्टी र सरकार एउटै हो ?

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्ताधारी दलले सरकार एकदलिय अधिनायकवाद उन्मुख भएको पुष्टि गर्न खोजेको आरोप लगाएका छन् । एक ट्वीट गर्दै डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आशंका चौतर्फी रुपमा बढेका उनले बताए । सत्ताधारी कमरेडहरूलाई एउटा प्रश्नः २/३ बहुमतको कम्युनिष्ट सरकार बनेपछि एकदलीय अधिनायकवादुको आशंका गर्नेहरूको संख्या र स्वर बढेको छ, उनले अघि प्रश्न गर्दै लेखेका छन्, प्रम निवासको रूपमा रहेको सरकारी भवनमा विना भाडा निरन्तर पार्टीको बैठक बसालेर पार्टी र सरकार एउटै हो भन्ने सन्देशसहित सो आशंका पुष्टी गर्नखोजेको हो ?

केही दिन देखि सरकारको आलोचना गर्नेहरुको लर्को लागेको छ ।