राजनीति

देश राणा र पंचायतीयुग भन्दा पनि निरंकुश बाटोमा प्रवेश गर्यो- डा शेखर कोईराला

काठमाण्डौ । नेपाली कॉग्रेसका नेता डा शेखर कोईरालाले देश राणा र पंचायतीयुग भन्दा पनी निरंकुश बाटोमा प्रवेश गर्न लागेको बताएका छन्।कोईरालाले बर्तमान सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादर्फ लम्केकाले प्रजातन्त्रका लागी पुन एकपटक लड्ने दिन आउन लागेको बताए। कोईरालाले भने, ‘हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौं। तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउॅने हो भने त्यो हामी स्विकार्न तयार छौं।’

बालकृष्ण दाहालद्धारा लिखित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जनाू नामक पुस्तक बिमोचन गर्नुहुदै डा कोईरालाले गुटबन्दीले कॉग्रेस पार्टी ईतिहॉसकै कमजोर बनेको बताए। उनले भने, ‘मन्चबाट नेताहरुले हात उठाएर हामी एक छौं भन्दैमा पार्टी एक हुदैन। पार्टी एक तब मात्रै हुन्छ जब नेताहरु बिधानसम्मत हिड्छन्।’

कार्यक्रममा कॉग्रेस महामन्त्री डा शशांक कोईराला, पुरुषोत्तम वस्नेत, डा तुल्सी भट्टराई लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उमा शर्माको योगदानका बारेमा चर्चा गरेका थिए।

प्रजातन्त्र सेनानी उमा शर्माले नोना कोईरालाको निधनपछी बिराटनगरस्थित कोईराला निवासको रेखदेख र हेरचाह गर्दै आएको थियो। शर्माको २०७३ साल असारमा निधन भएको हो।

कोईराला परिवारका तीनजना सदस्य कार्यक्रममा उपस्थित हुने भनिएपनि पूर्ब उपप्रधानमन्त्रीसमेत रहेकी संघीय संसदकी सदस्य एबम् काँग्रेस केन्द्रीय सदस्य सूजता कोईराला भने स्वस्थ्यमा गड्बढ् भएका कारण उपस्थित हुन सकिनन् ।