आर्थिक

एनआईसी एशियाको एकैसाथ २ नया शाखा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँशाखा कार्यालयहरु अमरगढी डडेल्धुरा स्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र दिपायल सिलगढी, डोटीस्थित दिपायल शाखा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीबाट मंगलबार उद्घाटन गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय २५ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १ सय ७७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १ सय ५१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १ सय २० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।