समाचार

दिनदहाडै सत्र लाख लुटियो

गौशाला । महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै आज दिउँसो अपराह्न ४ बजे लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रु १७ लाख २५ हजार दुईवटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर बर्दिबास सडकखण्डको सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोल पम्प नजिकैको बाँसघार अगाडिबाट लुटेर भागेका हुन् ।

अनुहार छोपेर आएका लुटेराहरूले साहलाई पेस्तोल देखाउँदै रकम लुटेर भागेको पीडितलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ ।