समाचार

महिलालाई जबरजस्ती करणी गर्ने ३८ वर्षीय आङतेम्बासहित ३ जनालाई हतकडी

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कपन काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले पक्राउ गरेको छ । संखुवासभा मकालु गाउँपालिका-९ घर भई हाल काठमाडौं कपन बस्ने ३८ वर्षीय आङतेम्बा शेर्पालाई मंगलबार नियन्त्रणमा लिईएको हो ।

२०५४ पुस १८ गते साबिक मकालु गाविस-८ बस्ने महिलालाई शेर्पासहित ३ जनाले जबरजस्ती करणी गरेको मुद्दामा अदालतले ५ बर्षको कैद ठहर गरेको थियो । संखुवासभा जिल्ला अदालतको २०६१ चैत १० गतेको उक्त फैसला सुनाएको थियो ।

शेर्पालाई काठमाडौं जिल्ला अदालतमा पेश गरीएकोमा कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको छ ।