मनोरञ्जन

‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ को उपाधी जित्ने अठोेट सहित युनिता दुबई जादै

काठमाडौं । दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालको प्रतिनिधित्व युनिता खत्रीले गर्ने भएकी छन् । जुलाई १० देखि जुलाई १५ सम्म दुबईमा आयोजना हुने दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा विभिन्न नेपाली कला संकृति सहित उनी १० जुलाईमा त्यस तर्फ प्रस्थान गर्ने भएकी हुन् ।

त्यहाँ उनले ५० देशका सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् । नेपालबाट छनोट भएर उनी त्यो प्रतिस्पर्धामा भाग लिन लागेकी हुन् । दुबई स्थित अरेबियन पार्क होटेल अल जदाफ़ मा हुने उक्त प्रतियोगिताका लागि बिश्वभरबाट प्रतियोगी आउने क्रम जारी रहेको छ । प्रतियोगिताको शीर्ष उपाधि जित्ने युनिताले अठोट गरेकी छन् ।