खेलकुद

विश्वकपः आजको खेल फाइनलसरह, बेल्जियम र फ्रान्सबीच हुदैँछ कडा टक्कर, इतिहास के भन्छ ?

एचआर जोशी/काठमाडौं । रसियामा जारी २१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि मङ्गलबार बेल्जियम र फ्रान्स भिड्ने भएका छन् । आज राती नेपाली समयअनुसार पौने १२ बजे हुने खेललाई बहुप्रतिक्षाका साथ हेरिएको हो ।

यी दुई टोलीबीचको खेल फाइनल अघिको फाइनलको रुपमा समेत चर्चामा रहेको छ ।

पाँच पटकसम्म विश्वकफको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा क्वाटर फाईनलबाटै घर पठाएको बेल्जियम बलियो टिमको रुपमा उभिएको छ भने सुरुवात देखि नै अपराजित यात्रा कायम राख्दैँ आएको फ्रान्स एक पटकको विश्वविजेता टोली हो ।

सेमिफाइनलमा प्रवेश गरेको बेल्जियमले अव फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्नु पर्नेछ । बेल्जियम सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको थियो ।

बेल्जियमको टोलीमा सुरुवादेखि नै सनसनी मच्चाईरहेका रोमेलु लुकाकु र इडेन हाजार्डले सबैको ध्यान तानेको छ । बेल्जियमका मिड फिल्डर केभिन डी ब्रुयनाले फ्रान्स विरुद्ध बेल्जियम मानसिक, शारिरीक रुपमा तयार रहेको बताएका छन् ।

ईतिहास र विगतलाई फर्केर हेर्दा फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ आमनेसामने भएका छन् जसमध्ये ३० खेलमा बेल्जियम र २४ खेलमा फ्रान्स विजयी भएको छ । बाँकी खेलमा बराबरी भएको छ । विश्वकपमा भने यी दुई टोलीबीच मात्र दुई पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबैपटक फ्रान्स विजयी भएको छ ।

सन् १९८४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेज्लियमलाई पाँच शन्यले हराएको थियो । सेमिफाइनलको यो र बुधकारको खेल रोमाञ्चकारी बन्ने निश्चित छ । सेमिफाइनलका दुवै खेल बहुप्रतिक्षित छन् ।