राजनीति

प्रधामन्त्रीको कार्यालय अगाडी धर्नामा बसेका कृष्ण पहाडीसहित २५ जना प्रहरी नियन्त्रणमा

कााठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार अगाडी धर्नामा बसेका मानवअधिकारकर्मी तथा शान्ती समाजका संस्थापक सभापती कृष्ण पहाडीसहित २५ जनालाई नियन्त्रमा लिएको छ । स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल लगायत अन्य २५ जना मानवअधिकारकर्मी रहेका छन् । उनीहरु सरकारविरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए ।

समाजले सरकारमाथि स्वतन्त्रता विरोधी र स्वेच्छाचारी गतिविधि गरी विभिन्न क्षेत्रका माफियाहरुको संरक्षण गरेको आरोप लगाएको छ । पक्राउ परेका मानव अधिकारकर्मीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।