राजनीति

ओली सरकारले मनपरी गर्योः नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान कम्युनिष्ट सरकार कानुन मिचेर अगाडी बढेको आरोप लगाएका छन् । राजधानीको मंगलबार सञ्चारकर्मीहरुसँग अनौपचारिक कुराकानी गर्दै नेता सिटौलाले वर्तमान सरकारको जस्तै मौका एकपटक जसलाई पनि आउने बताएका हुन् ।

विमानस्थलबाटै पक्राउ गरिएका संस्कृत विश्वविद्यालयका उपकुलपतिको प्रशंग झिक्दैँ नेता सिटौलाले केपी ओली नेतृत्वको सरकार कानुन तोड्न उद्धत भएको आरोप लगाए । ‘राज्यले नै कानुन तोड्ने भनेको सरकार आफै हिंसामा उत्रियो भन्ने हो । यो स्टेट टोरोरिजम हो । राज्य आफै टेरोरिजममा गयो भने यस्तो हिंसा गर्ने सवैलाई मौका मिल्छ ।’ नेता सिटौलाले भने, ‘‘दुई तिहाईको सरकार छ । यदि संवैधानिक व्यवस्था र परिवर्तन बचाउने हो भने सरकारले कम अधिकार प्रयोग गर्नपर्छ ।’

उनले वर्तमान सरकारले दुइतिहाइ बुहमतको आडमा मनपरी निर्णय गर्दै हिडेको आरोप लगाएका छन् । ‘सरकार आफूले कानुन पालना नगर्ने हो भने के हुन्छ ? ठेकेदार समातेको छ, सिटौलाले भने, मण्डलाजस्तो ठाँउमा प्रर्दशनमा रोक लगाएको छ । शुरुवाती दिनमा आएका यी गतिविधि चिन्ताका विषय हुन् । सरकार लोकतान्त्रिक तरिकालेचल्छ कि चल्दैन भन्ने उसले कम शक्ति प्रयोग चत्रिर अपनाउँछ कि अपनाउँदैन भन्ने कुराले पुष्टी गर्छ ।’

नेता सिटौलाले सरकारका गलत कामका विरुद्ध खबरदारी गर्न काग्रेस तम्तयार भएको बताए ।