आर्थिक

सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पतालबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर,चाबहिल बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलायाश्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहकतथाकर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदाविशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएमकार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

यसै साता बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा,र अछामको ढकारीमा शाखा संचालन गर्ने योजना अगाडी सारेको छ ।