समाचार

विश्वकपको मौका छोपी सट्टाबाजी खेलाउने काठमाडौँबाट नियन्त्रणमा

काठमाडौं । सट्टाबाजी खेल खेलाएको आरोपमा ३ जना पक्राउ परेका छन् । राजधानीको ज्याठाबाट बिशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेहरुमा ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र ३३ वर्षीय मुखिया गुरुङ रहेका छन् । उनीहरुको साथबाट केही थान मोबाईल समेत बरामद गरिएको छ ।

उनीहरुविरुद्ध सार्वजनिक मुद्धामा म्याद थप गरी जिल्ला प्रशासन कार्यालयबाट आवश्यक अनुसन्धानका लागि प्रहरी बृत दरबारमार्ग पठाईएको छ ।