लुम्बिनी

स्व क्षेत्रीको परिवारलाई ऋण बीमाको रकम

नेपालगञ्ज । दुर्घटनामा ज्यान गुमाएकी बाँके जिल्लाकी एक महिलाको ऋण बीमा कम्पनीले सोमबार तिरिदिएको छ ।

नेपालगञ्जस्थित वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाबाट रु छ लाख ऋण लिएकी कमला क्षेत्रीको २०७४ फागुन ३ गते कोहलपुर–नेपालगञ्ज सडकखण्डमा भएको दुर्घटनामा निधन भएको थियो । नेपालगञ्ज, धम्बोझीस्थित होटल शंकरकी सञ्चालिका क्षेत्रीले सहकारीबाट महिला उद्यमी ऋण लिएका थिए । विसं २०७४ पुस २ गते सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा उक्त ऋणको बीमा गरिएको थियो ।

ऋणको तीन किस्ता बुझाएकी क्षेत्रीको दुर्घटनामा निधन भएपछि इन्स्योरेन्स कम्पनीले सहकारीलाई बीमावापतको रु छ लाख उपलब्ध गराएको हो । सहकारीले ऋणको रकम कटाएर बाँकी रकम ऋणी परिवारका सदस्यलाई बुझाएको सहकारी संस्थाका प्रबन्धक थानेश्वर पाण्डेले जानकारी दिए ।