बाग्मती

२२ लाखको ‘पथरकी रानी’ सहित ९ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । पथरकी रानी भनेर चिनिने अबैध रुबी संचय गरी बिक्री बितरण एवं ओसार पसारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई सोमबार राजधानीको बिभिन्न स्थानबाट नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेहरुमा ५० बर्षीय पदम बहादुर थापा, ३० बर्षीय अमृत बहादुर बुढा, २८ बर्षीय प्रदिप कुमार बोहरा, सरोज कार्की, जीवन शर्मा, सुमन तामाङ, मनोज बोहरा, राजाराम सिलवाल र भिम बोहरा रहेका छन् । उनीहरुको साथबाट पथरकी रानी भनेर चिनिने २२ लाख बराबरको रुबी बरामद गरिएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाईएको छ ।