खेलकुद

स्वर्गीय कर्मचारीका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत रहेको अवस्थामा स्वर्गारोहण भएका दुई कर्मचारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

भारोत्तोलन प्रमुख प्रशिक्षक स्व. सुनीललाल जोशी र बक्सिङ प्रशिक्षक स्व. गोपाल राईको परिवारलाई आर्थिक सहयोग प्रदान गरियो । स्व. जोशीका परिवारलाई २ लाख ७४ हजार ९ सय ६६ तथा स्व. राईका परिवारलाई २ लाख ६५ हजार ८ सय ६४ रुपैयाँ हस्तान्तरण गरियो ।

राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १.५ प्रतिशत रकम कट्टा गरी सहयोग प्रदान गरिएको हो । वरिष्ठ अधिकृतद्वय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फण्न्द्रि पौडेलले रकम हस्तान्तरण गरे । जोशीको गत असार ११ तथा राईको गत पुस ३ गते निधन भएको थियो ।