राजनीति

विवेकशील साझाले दियो सरकारलाई अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको हठ र अभिव्यक्ती प्रति विवेकशील साभस पार्टीले खेद प्रकट गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै विवेकशील साभस पार्टीले आम नागरिकहरूको स्वास्थ्यसंग जोडिएको चिकित्सा शिक्षाबारेमा समाजवादी भनिएको सरकारको दृष्टिकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख हुनु दुर्भाग्यपूर्ण भएको जनाएको हो ।

उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गर्दा त्यसले नापस–खोरी व्यापारीकरणको बाटो हुँदै डरलाग्दो मापिस्याकरणको रूप धारण गर्न लागेको भन्दै सो पार्टीका प्रवत्तस् रमेश पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ कैयौँ नेता र तिनका परिवारका लागि सामान्य रोग लाग्दा पनि विदेशमा उपचार गर्नु पानी पँधेरो जस्तै हुँदा, आम नेपालीले सानो रोगको उपचार गर्न पनि घर–घडेरी नै बेच्नु पर्ने सम्मका पीडा भोगिरहेका छन्। यो घातक प्रवृत्तिलाई बेलैमा रोक्न सकिएन भने यसले समाजमा सोच्नै नसकिने स्तरको डरलाग्दो परिणाम निम्त्याउने छ ।’

सरकारलाई माथेमा प्रतिवेदनको भावना प्रतिविम्बित हुने गरी तुरुन्तै नयाँ कानुनको मस्यौदा निर्माणका लागि विवेकशीला साझाले आग्रह गरेको छ ।

सिमित व्यक्तीको स्वार्थ पूर्तिका लागि नीति नबनोस् भन्दैँ विज्ञप्तीमार्फत पार्टीले खबरदारी गरेको छ । उसले खबरदारी गर्दै विज्ञप्तीमा लेखेको छ, ‘सीमित राजनीतिज्ञ र व्यापारीको स्वार्थ पूर्ति हुने गरी कुनै पनि नीति नबनोस् भन्नेमा पनि हामी सरकारलाई खबरदारी गर्न चाहन्छौँ। यसबारेमा सरकार गम्भीर नभएको खण्डमा विवेकशील साभस पार्टी आम जनताको भावनालाई प्रतिनिधित्व गर्दै कडा प्रतिवादमा उत्रन बाध्य हुनेछ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीय कक्षमा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको स्मरण गराउदैँ डा केसीको अवस्था तलमाथि भएको खण्डमा सम्पूर्ण दोष प्रधानमन्त्री केपी ओली र उनको सरकारले बोक्नु पर्ने जनाएको छ ।