आर्थिक

ज्योतिको नयाँ शाखा खोर्सानेमा

काठमाडौं । ज्योति विकास बैंकले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठले एक कार्यक्रमका बिच सोमबार संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कमना गरे । साथै बैंकका संचालक छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको वताउँदै ज्योति विकास बैंक मार्पmत कारोवार गरि सहयोग गर्न अनुरोध गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्व १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।