समाचार

अनसन तोड्न आग्रह गर्दा गंगामायाले भनिन्ः गोली हान्ने रुद्र आचार्य कहाँ छ ?

काठमाडौं । ४५ दिनदेखि आमरण अनसनरत गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् । अनसनरत गंगामायालाई सरकारी अधिकारीको टोलीले अनसन तोड्न आग्रह गरेको हो ।

उनले सरकारी टोलीको यस्तो आग्रहप्रति प्रश्न गर्दै भनेकी छन, गोली हान्ने रुद्र आचार्य कहाँ छन् ? सरकारी टोलीका एक सदस्यले गंगामायाको भनाई उदृत गर्दै भने । ती सदस्यका अनुसार गंगामायाले छविलाल पौडेललाई पक्राउ गरी जेल चलान गरेकामा सरकारलाइ धन्यवाद दिएकी छन् ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा आईतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छविलाल पौंडेललाई पूर्पक्षका लागि डिल्लीबजार जेल चलान गरिएको छ ।

अनसनरत गंगामायाले सरकारले लिखित सम्झौँता गरेमात्रै अनसन तोड्ने संकेत गरेकी छन् ।