समाचार

गृहमन्त्री थापाद्वारा संसदलाई जानकारी

काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा गृहमन्त्री रामबहादुर थापाले मुस्ताङमा भएको सडक दुर्घटनाका बारेमा सदनलाई जानकारी गराए ।
असार २२ गते भएको सो टिपर दुर्घटनामा परी २० जना कामदारको मृत्यु भएको थियो । १२ जना घाइतेको मणिपाल अस्पताल पोखरामा उपचार भइराखेको मन्त्री थापाले जानकारी दिए ।

उनले मृत्यकका परिवारलाई राहतस्वरुप रु पाँच लाख दिइने उनले सदनलाई जानकारी गराउँदै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताए।