स्वास्थ्य

सातदिने ब्रह्मज्ञान ध्यान साधना शिविर

काठमाडौँ । ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा आयोजित सातदिने ब्रह्मज्ञान सत्संग तथा ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दले आज पनि योग तथा साधना गराए । आइतबारदेखि अभियानको कार्यालय, शान्तिनगरमा शुरु भएको निशुल्क शिविरमा प्रवचन दिँदै सदगुरुदेव निजानन्दले योग तथा साधनाबाट मानिसको शारीरिक, मानसिक दुर्वलता हटाई ऊर्जाशील बनाउने बताए ।

उनले योग र ध्यानलाई अलिकति समय नदिँदा मानिस व्यस्त जीवनमा दुःख झेल्नाका साथै ठूला रोगबाट पनि ग्रसित हुनसक्ने बताए । काममा एकाग्र मानिसले असम्भव ठानिएका र ठूला काम सजिलै सम्पन्न गर्न सक्ने बताउँदै हालै निधन भएका डा. उपेन्द्र देवकोटालाई उनले काममा साधनाशील बुद्धपुरुषको संज्ञा दिए ।

हामीले आलस्य हटाई दुःख सहन सक्ने क्षमताको विकास गर्न सकेमा नै सफलता प्राप्त हुनसक्ने पनि उनले बताए । आज सञ्चालित शिविरमा करीब ३० जनाले योग साधनामा भाग लिएका थिए । आगामी असार ३० गतेसम्म चल्ने शिविर बिहान ५ः१५ देखि ७ः१५ बजेसम्म सञ्चालित हुने गरेको छ ।