राजनीति

प्रधानमन्त्री ओलीलाई गगन थापाको आग्रहः पूर्वराजा ज्ञानेन्द्रजस्तो बैगुनी नबन्नुस्

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युुवा नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजा ज्ञानेन्द्रको जस्तो व्यवहार प्रदर्शन नगर्न चेतावनी दिएका छन् । सोमबार अनसरत डा. गोविन्द केसीको बिषय र चिकित्सा शिक्षा बिधेयकको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दैँ नेता थापाले यस्तो बताएका हुन् ।

विगतमा तत्कालिन राजाले रत्नपार्कमा आन्दोलनकारीको संख्या हेरेर गरेको जस्तो व्यवहार नर्गन थापाले प्रधानमन्त्री ओलीलाई सझाएका छन् । उनले आन्दोलनकारीको संख्या र संसदमा टाउको गनेर निस्वार्थ गोविन्द केसीको आवाज नदबाउन आग्रह गरे । गोविन्द केसी सत्यको पक्षमा उभिएकाले उनलाई चिन्न समेत नेता थापाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

डा. केसीे सत्यको पक्षमा उभिएका, कुनै पार्टीको झण्डा नबोका, केवल चिकिसा शिक्षा क्षेत्र सुधारको नशा बोकेकाले उनको मागलाइ सम्बोधन गर्नुपर्ने नेता थापाको भनाई थियो ।