स्वास्थ्य

गोविन्द केसीले जरुरी नभएको भन्दै प्रधानमन्त्रीसँग फोनमा कुरा गर्नै मानेनन् !

काठमाडौं । अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्रीसँग फोनमा कुरा गर्न अस्वीकार गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले नेपाल चिकित्सकसंघ सँग वार्ताका लागि आग्रह गरेका भएपनि त्यसलाई डा. केसीले ठाडैँ अस्वीकार गरेका हुन् ।

थप कुरा गर्न जरुरी नभएको भन्दै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलको आग्रहलाई अस्वीकार गरेका छन् । डा. केसीले आफूले सात बुँदे माग स्पष्ट राखेको र त्यसबारे बोल्नुुपर्ने आवश्यकता नरहेको जवाफ दिएका छन् ।

चिकित्सक संघ स्रोतका अनुसार डा. केसीलाई कुराकानीका लागि मनाउने प्रयास भईरहेको छ ।