पु.समाचार

मजदूरलाइ खुसीको खबर, न्यूनतम तलब बढ्यो

काठमाडौं । सरकारले आन्तरिक मजदुरको न्यूनतम तलब तोकेको छ । साउनदेखि लागु हुने गरी मजदुरको न्यूनतम तलब १४ हजार २ सय तोकेको हो ।

साउनदेखि ४ हजार ५ सय पहिलाको न्यूनतम तलबमा थप्न गर्न न्यूनतम तलब निर्धारण समितिले सरकारलाइ सिफारिस गरेको छ । यसअघि कामदार न्यूनतम तलब ९ हजार ७ सय थियो ।

सरकारी स्रोतका अनुसार आगामी बर्षदेखि मजदूरको तलब बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने तयारी गरिएको छ । यो बर्षबाट सामाजिक सुरक्षा ऐन पनि लागू हुने सरकारले जनाएको छ । यो ऐन लागू भएपछि मजदूरको तलब केही प्रतिशत अझैँ बढ्नेछ ।