स्वास्थ्य

नेपाली कामदारका लागि प्रत्येक हप्ता स्वास्थ्य शिविर

काठमाडौं । नेपाली कामदारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिदैँ आएको छ । एनआरएनए युएई अलऐन क्षेत्रीय समितिले नियमित स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो ।

शिविर सञ्चालन समितिका अध्यक्ष गोपाल पौडेलका अनुसार अलऐनको मेडीअर अस्पतालसँगको समन्वयमा शिविर सञ्चालन गरिदैँ आईएको छ । शिविर हरेका साता सञ्चालन गरिदैँ आईएको र प्रत्येक हप्ता फरकफरक रोगको उपचार गरिदैँ आईएको छ ।

शिविरबाट अहिलेसम्म करिब ४ सय बढी नेपाली कामदार लाभान्वित भइसकेका छन् । कामदारको क्याम्पबाट शिविर सञ्चालन स्थलसम्म आउन यातायात र खाजा खर्चको व्यवस्था गरिएको समिति अध्यक्ष पौँडेल बताउछन् ।