प्रदेश 1

विपन्न सानुलाई उपचारमा सहयोग

अर्जुनधारा, झापा । आर्थिकरुपमा विपन्न अर्जुनधारा–३ स्थित खुदुनाबारी निवासी सानु लिम्बूको उपचारका लागि सहयोग रकम जुटेको छ । अर्जुनधारा युथ क्लबले एपेन्डिसाइटिसको शल्यक्रिया गर्न उनलाई रु १० हजार सहयोग रकम आज उपलब्ध गराएको क्लबका सचिव विजय राईले बताए ।

हाल भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचाररत उनको केही दिनमा शल्यक्रिया हुने बिरामी सानुले जानकारी दिए । सहयोग रकम प्राप्त भएपछि आफ्नो उपचार सम्भव हुने भएकामा उनले क्लब परिवारलाई धन्यवाद दिए ।