मनोरञ्जन

‘अमेरीकन बाबु मेड इन नेपाल’ को ट्रेलर बाहिरियो

काठमाडौं । सम्पूर्ण छायांकन अमेरीकामा गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको छ । चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्।

ड्रिम्स गेट नेपाल फिल्मस्का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले भिजन संसारलाई बताएका छन्।अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन्।