प्रदेश 1

महासंघ झापाका पूर्वअध्यक्ष र कोषाध्यक्ष नेम्वाङद्वयलाई पितृशोक

अर्जुनधारा, झापा । नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष भीम नेम्वाङ र पूर्व कोषाध्यक्ष विशाल नेम्वाङ पितृशोकमा परेका छन् ।
अर्जुनधारा–६ कप्तानवारी निवासी पूर्वअध्यक्ष र कोषाध्यक्षद्वय नेम्वाङका बुबा मदुसुदन नेम्वाङको गए राति ११ः३० बजे ९३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको पार्थिव शरीर आज कनकाई नगरपालिकास्थित कनकाई नदी तटमा जातीय परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ ।