आर्थिक

गढीमाई मन्दिरमा लक्ष्मी बैंकको बृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाण्डौ । लक्ष्मी बैंक तथा लक्ष्मी केयर्सको संयुक्त आयोजनामा विश्व प्रसिद्व गढीमाई मन्दिरमा सोलार जोडान तथा बनेपा नगरपालिका क्षेत्र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

लक्ष्मी बैंक लि. तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ ।
बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरी एक कार्यक्रमका बिच शनिबार हस्तनान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना सोलार हस्तनान्तरण कार्यक्रममा लक्ष्मी बैंकका निर्देशक विश्वकर्ण जैनले हस्तनान्तरण गरेका छन् ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पर्यटकिय स्थलमा लक्ष्मी बैंकले जडान गरेको सोलारलाई नगरपालिकाले सुरक्षा दिने र त्यसको रेखदेख गरी बेला बेलामा सोलार प्यानलको सरसफाई गराउने बताए ।

त्यसै गरी, यहि मिति २०७५ असार २२ गते बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह वादेको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिका क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भयो ।

सो कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट दिपेश अमात्य (हेड – रिटेल फाईनान्सियल सर्भिसेज), राजिव सापकोटा (प्रमुख – ईन्स्टिच्युस्नल बैंकिङ्ग एण्ड बिजिनेश डेभलपमेन्ट), भारती पाण्डे (अध्यक्ष – लक्ष्मी केयर्स), बनेपा शाखाका कर्मचारीहरु; बनेपा वातावरण संरक्षण अभियान समूहका सदस्यहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

वृक्षरोपण कार्यक्रम बनेपा नगरपालिकाको वडा नं. ९ स्थित गणेशस्थानबाट शुरु भई नेपाल खानेपानी संस्थान, बनेपा शाखाको प्राङ्गणमा पुगि सम्पन्न भएको थियो । सो कार्यक्रम अन्तर्गत २०० वटा विभिन्न प्रजातीका विरुवा तथा फलफूलका विरुवाहरु रोपिएको थियो ।