राजनीति

महाधिवेसन समयमै गर्न नेविसंघका चार उपाध्यक्षहरुको जोडदार माग

काठमाडौं । नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशन हुनेमा आशंका पैदा भएको छ । एक विज्ञप्ती जारी गर्दै नेविंघले संगठनभित्रैका अवाञ्छित, उद्वण्ड र अराजक गतिविधीले आसन्न १२ औँ महाधिवेसन नहुनेमा शंका गरेको हो ।

संगठनलाइ नयाँ जीवन दिनका लागि महाधिवेसनको विकल्प महाधिवेसन भएको नेविसंघले जनाएको छ । नेविसंघका संगठनभित्रैका पछिल्ला गतिविधीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेविसंघको ठहर छ ।

कुनै पनि बहानामा महाधिवेसन विथोल्ने छुट कसैलाई नभएकोप्रति भन्दैँ नेविसंघ दृढ रहेको संघका चार उपाध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “विधानअनुसार प्रक्रियासम्मत हुने अधिवेसनले मात्र संगठन थप सुदृढ र बलियो हुनसक्छ तसर्थ महाधिवेसनको वातावरण बिथोल्ने गरी भईरहेको गतिविधीसँग सतर्क रहदैँ गुटबन्दीरहित बलियो नेविसंघ निर्माणका लागि प्रयत्नशील रहन हामी देशैभरका नेविसंघका साथीहरुलाई अपिल गर्दछौँ ।”

चार उपाध्यक्षहरु निलकण्ठ रिजाल, उर्मिला थपलिया, सागर परियार र खड्ग डाँगीद्वारा हस्तारक्षरित विज्ञप्तीमा निर्धारीत समयभित्रै महाधिवेसन सम्पन्न गर्न कार्ययोजनासहित सबैलाई महाधिवेसन उन्मुख रहन केन्द्रीय अध्यक्ष नैनसिंह महरसँग जोडदार माग गरिएको छ ।

विज्ञप्ती:-