समाचार

४४ दिनदेखि अनसनरत गंगामायाका छोराको हत्या आरोपी छविलाल जेल चलान

काठमाडौं । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोप लागेका छविलाल पौंडेल आफैँ सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।  झन्डैँ ४४ दिन देखि विर अस्पतालमा अनसनरत गंगामाया अधिकारीका मृतक छोरा कृष्णप्रसादको हत्याराको भनिएका छविलाललाई अदालतमा उपस्थित भएलगत्तै पूर्पक्षका लागि जेल चलान गरिएको हो ।

सर्वोच्च अदालतले ६ पुसमा २०७२ मा थुनामा राखेर कारवाहीका लागि आदेश दिएको थियो ।

तर लामो समयसम्म अदालतको आदेश कार्यान्वयनमा नभएपछि मृतक कृष्णप्रसादका आमा गंगामाया र बुवा नन्दप्रसाद अनसनमा बसेका थिए । बुवा नन्दप्रसादको भने अनसनकै क्रममा निधन भएको थियो । अभियुक्त छविलाललाई डिल्लीबजार जेल चलान गरिएको छ ।