राजनीति

प्रधानमन्त्री ओलीज्यू सच्चिनुस्, नेपाललाई कम्बोडिया बनाउन नखोज्नुस्ः नेता पौँडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् । नेता पौडेलले प्रधानमन्त्री ओलीले नेपाललाई कम्बोडिया बनाउन खोजेको आरोप लगाएका हुन् ।

आइतबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दैँ प्रधानमन्त्री ओलीले दुइतिहाइ मतको दम्भ प्रदर्शन गरिरहेको आरोप लगाएका छन् । उनले ओली अतिवाद र निरङ्कुशतातर्फ उन्मुख भएको बताए ।

‘अझैपनि समय छ ओली ज्यु सच्चिनुस अन्यथा तपाइको दम्भ र निरंकुशता जारी रहीराखे सदन देखि सडकसम्म आवाज बुलन्द गर्न हामी सक्षम छौ र गर्नेछौं’ नेता पौडेलले भने, अदालतको निर्णय कार्यान्वय गर भनेर अनशन बस्ने गंगामाया र स्वास्थ्य क्षेत्रको सुधारलागि लडेका डा गोविन्द केसीका मागलाई नजरअन्दाज गर्ने सरकारलाई घुँडा टेकाएरै छाड्छौं ।’