मनोरञ्जन

सलमान खान ‘बन्दुक देखाएर भागेका थिए’ !

काठमाडौं । हिन्दुस्तान पत्रिकामा छापिएको समाचारअनुसार सलमान खानले सिकार खेलेको गाउँवासीले देखेका थिए । तर खान उनीहरूलाई ‘बन्दुक देखाएर भागेका थिए’ ।

प्रत्यक्षदर्शीको भनाइमा आधारित खबरमा सो पत्रिकाले लेखेको छ सलमान भाग्न थालेपछि उनलाई केही व्यक्तिले मोटरसाइकल चढेर लखेटेका भए पनि उनी बन्दुक ताक्दै जीपमा भाग्न सफल भए।

उनीहरूले त्यो जीपको नम्बर टिपेर उजुरी गरे ।

बिहीवार भारतको एक अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई २० वर्षअघि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको हो ।

हम साथ साथ हैुं नामक एक फिल्मको छायाङ्कनको बेला राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो ।

सलमान खान अवैध सिकारको मुद्दामा दोषी ठहर
जोधपुरस्थित अदालतबाहिर प्रशंसकहरू भेला भएका थिए भने सुरक्षाका निम्ति सयौँ प्रहरी तैनाथ गरिएका थिए ।

सोही मुद्दामा आरोपित अन्य चार फिल्म कलाकारहरूलाई भने अदालतले निर्दोष ठहर गरेको छ ।

पुनरावेदन
जोधपुरस्थित अदालतले खानलाई उक्त अपराधमा १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

बाउन्न वर्षीय खानले माथिल्लो अदालतमा यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन् ।

तर संवाददाताहरूका अनुसार त्यसका लागि उनले कम्तीमा केही दिन जेलमा बिताउनुपर्नेछ ।

यसअघि गाडी दुर्घटनामा सडकमा रहेका एक मानिसको हत्या गरेको आरोपमा चाहिँ सलमान खानलाई सन् २०१५ को डिसेम्बरमा निर्दोष ठहर गरिएको थियो । -बिबिसीको सहयोगमा