स्वास्थ्य

गम्भीर रोगीलाई रु १२ लाख सहयोग

ललितपुर । गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ ।  मुटु, अर्बुदरोग तथा मिर्गौलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि आव २०७४/७५ मा प्रतिव्यक्ति रु २५ हजारका दरले रु एघार लाख ७५ हजार सहयोग गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले प्रमुख महर्जनले बताए ।

आगामी आवमा समेत सो किसिमका बिरामीका लागि आवश्यक सहयोग गरिँदै जाने नगरपालिकाको नीति छ । नेपाल सरकारबाट समेत त्यस्ता बिरामीलाई सहुलियत प्रदान गरिँदै आएको छ ।