राजनीति

बाबुराम भन्छन्: नयाँ शक्ति एक्लिनु दुःखद

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले राष्ट्रिय एकता र समृद्धिको कुरा गर्दा एक्लो देखिएकोप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई ले आफूहरुले देशको राष्ट्रिय एकता बलियो हुने कुरा गर्दा, देशको विकास र समृद्धिको कुरा गर्दा नयाा शक्ति पार्टी एक्लिएको र त्यसमा दुःख लागेका बताएका हुन् ।

देश संघीयतामा गइसकेपछि प्रदेशको नाम राख्ने काम धमाधम भईरहेको भन्दै ट्वीटमा उनले लेखेका छन्, ‘अहिले धमाधम प्रदेशहरूको नामाकरणको वेला छ।जसरी कुनै चित्र सेतो र कालोमा भन्दा विविध रंगहरूमा राम्रो देखिन्छ त्यस्तै विविध जातिरभाषा भएको देशमा त्यो झल्कने गरी नाउँ राख्दा देशको राष्ट्रिय एकता बलियो हुन्छ र समृद्धिको आधार तयार हुन्छ भन्ने कुरा गर्दा नयाँ शक्ति एक्लो देखिनु दुःखद छ’

पूर्वप्रधानमन्त्री भट्टराई सामाजिक सञ्जालमा सबैभन्दा बढी सक्रीय रहने राजनीतिज्ञ हुन् ।