सामाजिक सञ्जाल

विद्यासुन्दरको ठाउँमा अर्को पार्टीको मेयर हुन्थ्यो भने ओलीले उखान सुनाएरै ज्यान सुकाईदिन्थेः माग्नेबुढा

काठमाडौं । काठमाडौँ महानगरका मेयरलाई लक्षित गरी चर्चित हास्यकलाकार केदार घिमिरे उर्फ माग्नेबुढाले व्यङ्ग कसेका छन् । आइतबार एक ट्वीट गर्दै माग्ने बुढाले काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यमाथि व्यङ्ग गरेका हुन् ।

उनले ट्वीटमा यदि काठमाडौं महानगरका मेयर अर्कै पार्टीको निर्वाचित भएको भए प्रधानमन्त्री केपी शर्मा ओलीले टुक्का हानेर जिउ सुकाईसक्थे भन्दै लेखेका छन्, ‘कसम, विद्यासुन्दर शाक्यका ठाउँमा अरू (पार्टी) कोही मेयर हुन्थ्यो भने अहिलेसम्म केपी ओलीले उखान सुनाएरै आधा ज्यान सुकाइदिन्थे’