पर्यटन/संस्कृति

सामुदायिक वनमा हात्ती र डाइनोसरको प्रतिमा

काँकडभिट्टा । पर्यटकको आकर्षणका लागि झापाको मेचीनगरपालिका वडा नं ९ स्थित थोप्लेविरान सामुदायिक वन समूहले उक्त बनमा रु १० लाखको लागतमा हात्ती र डाइनोसरको कलात्मक प्रतिमा राखेको छ । वन परिसरलाई पर्यटकीय गन्तव्य बनाउन हात्ती र डाइनोसरको फाइबरको प्रतिमा बनाइएको वन समूहका अध्यक्ष कृष्ण कोइरालाले जानकारी दिए ।

सो कार्यका लागि करीब रु २५ लाख खर्च भइसकेको र यस्मा मेचीनगर नगरपालिकाले ७० प्रतिशत र वन समूहले ३० प्रतिशत खर्च व्यहोरेको पिकनिकस्थलमा विद्युत् तथा खानेपानीको व्यवस्था पनि गरिएको उनले बताए । सुनसरीको जयलक्ष्मी फाइवर उद्योगमा नेपाली प्राविधिकले नै एक महिना लगाएर सो प्रतिमा निर्माण गरेको हुन् ।