समाचार

विश्वकपको मौका छोपी सट्टाबाजी खेल खेलाउने ४ जनालाइ हतकडी

काठमाडौं । सट्टाबाजी खेल खेलाउने ४ जनालाई राजधानीबाट नियन्त्रणमा लिईएको छ । रसियामा जारी विश्वकपबारे नगद लाभ लिने उद्धेश्यले सट्टाबाजी खेलाउने चार जनालाइ राजधानीको बालुवाटारबाट नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेहरुमा २५ बर्षीय अमित श्रेष्ठ, २५ बर्षीय प्रमोद रानाभाट, २५ बर्षीय अनिल भण्डारी र ३४ बर्षीय निरे भनिने निराजन पौडेल रहेका छन् । उनीहरुको साथबाट ८ वटा मोबाईल बरामद गरिएको छ ।

अबैध रुपमा सट्टाबाजी खेल खेलाउने कार्य गरेको उनीहरुको मोवाईलवाट खुल्न आएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।