समाचार

अवैध भारतीय नोटसहित सर्राफ प्रहरी नियन्त्रणमा

काठमाडौं । अवैध भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । लुकाई छिपाई करिब ८ लाख रुपियाँ ल्याईरहेको अवस्थामा भारतीय नागरिक अभिजित कुमार सर्राफलाई रक्सौल नाकाबाट नियन्त्रणमा लिईएको हो ।

बिआर०५के ६४४४ नम्बरको पल्सर मोटरसाइकलको आधा भागमा पेट्रोल र आधा भागमा भारतीय अवैध रुपियाँको बण्डल राखिएको अवस्थामा चेकजाचँ गर्दा ५ सय, एक हजार र २ हजारको गरी करिब १७ सय थान नोट बरामद गरिएको छ ।

पक्राउ परेका सर्राफलाई अनुसन्धानका लागि राजस्व विभाग हरिहरभवन पठाईएको छ ।