प्रवास

यात्रीपछि देबकोटाले लेखेको कबिता यसरी सम्झिदै छन् प्रवासमा पत्रकार पन्थी

जीबनभर लक्ष्मीप्रसाद देवकोटाले भगवान् मानेनन् । आर्यघाटमा उनले भने ‘मैले आफ्नो जिन्दगी हरीनाम नजपेर, नास्तिक भएर बिताएछु, अब जान आँटीहाले, अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कविता मार्फत यसरी व्यक्त गरे । देबकोटाको कबिता

संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझै अब बुझ्छु बल्ल ॥१॥

रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥

महामरूमा कणझैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैं छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ॥३॥

संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ॥४॥