आर्थिक

एनआईसीद्वारा सोलार वत्ती तथा सिसिटिभी क्यामरा हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार वत्तीहरु सिसिटिभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ ।

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा यस एनआई सी एशिया बैंककाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथा सिसिटिभी क्यामराहरु हस्तान्तरण गरेका छन ।

यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षातथा सर्वसाधारणकोदैनिक कृयाकलापमा सहयोग पु¥याउने हुनाले उक्तकार्यको नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर शिवराज श्रेष्ठले प्रशंसा गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय २५ शाखा कार्यालय, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२० अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।