आर्थिक

डिस मिडियाको नयाँ नेतृत्वमा ढकाल, प्रबन्ध निर्देशकमा आचार्य

काठमाडौं । डिस मिडिया नेटवर्कको नयाँ नेतृत्व चयन गरिएको छ । सञ्चालक समितिको बैठकले नयाँ नेतृत्वमा हेमराज ढकाललाई नियुक्त गरेको हो । यस्तै नेटवर्कको प्रबन्ध निर्देशकमा सुदीप आचार्य चयन भएका छन् ।

यसअघि आचार्य सञ्चालक समितिको सदस्य हुन् । नवनियुक्त अध्यक्ष ढकाल डिस होममा सञ्चालक समितिको सदस्य थिए । उनी आईएमई समूहका प्रबन्ध निर्देशक तथा विभिन्न संघसंस्थामा आबद्ध रहदैँ आएका छन् ।

डिस मिडिया नेटवर्क सन् २००९ मा स्थापना भएको थियो । यो कम्पनि नेपालको भुक्तानी टिभीको रुपमा कार्यरत सबैभन्दा सफल कम्पनिमा दर्ज भएको छ । निवर्तमान अध्यक्ष देवीप्रकाश भट्टचनको नेतृत्वमा प्रभु टिभी सञ्चालनमा आएको छ ।