राजनीति

गोबिन्द केसीका जायज माग पुरा गर्न सरकार गम्भीर छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकाश र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताएका छन् । प्रदेश नं २ का साँसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुारा बताएका हुन् । प्रदेश नं २ का नेकपाका साँसदहरुले त्यहाँको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्नका लागि यहाँका साँसदहरु नै लाग्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधीहरुले मिलापत्र गराउन खोज्नु बेठिक भएको बताएका छन् । “यस किसिमका हिंसा मिलापत्रमा टुंगिदैनन् । यस्तो मुद्धामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ ” प्रधानमन्त्री ओलीले भने ।

शक्ति पृथकिकरणको सिद्धान्त अनुसार सबै अंग जिम्मेवार हुन् र आफनो आफनो क्षेत्राधिकारमा सिमति हुनुपर्छ र सबै अंगको मर्यादा हुन्छ । गोविन्द केसीका जायज मागहरु पुरा गर्न सरकार गम्भीर रहेको जनाउदै मुलुकको समृद्धिका लागी सबै आआफ्नो ठाँउबाट लागी पर्नुपर्ने समय आएको बिचार ब्यक्त गरेका छन् ।