आर्थिक

सनराइज बैंकद्धारा सुरक्षित अनलाइन कारोवार सेवा शुभारम्भ

काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकवर्गलाई उच्च सेवा प्रदान गर्ने तथा बिद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासंग सहकार्य गर्र्दै भेरिफाइड बाई भिसा (Verified by Visa) सेवा संचालनमा ल्याएको छ ।

भेरिफाइड बाई भिसा (Verified by Visa) सेवा मार्फत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने छ ।

यस सेवामार्फत ग्राहकवर्गले सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी (Online Purchase/E-commerce) गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा वन टाइम पासवर्ड (OTV) प्राप्त गर्नेछन् र सोहि इत्ए मार्फत मात्र कारोवार सफल हुनेछ , जसकारण कारोवार गर्ने व्यक्ति वैध हुन् भन्ने पुष्टि हुनेछ ।

आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा भेरिफाइड बाई भिसा ९ख्दख्० सेवा संचालनका लागि ग्राहकवर्गले नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्नेछ र यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।