पु.समाचार

प्रधानमन्त्री ओली माफियाको प्रवक्ताः डा. केसी समर्थक

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसी समर्थकहरुले राजधानीमा प्रदर्शन गरेका छन् । एक सातादेखि आमरण अनसनका रहेका डा. केसीका समर्थकहरुले सरकारको कडा शब्दमा आलोचना गरेका हुन् । काठमाडौँको माइतीघर मण्डला देखि सुरु भएको प्रदर्शन नयाँ बानेश्वरस्थित संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै केसी समर्थकहरुले शक्तिशाली भनिएको केपी ओली नेतृत्वको सरकार हावा भरिएको बेलुन भएको बताएका छन् । कोण सभामा बोल्ने समर्थकहरुले ओली सरकारलाइ सियोले घोच्यो भने आफ्नो धरातलमा आउने टिप्पणी गरे ।

प्रधानमन्त्री ओली माफियाको प्रवक्ता बनेको आरोप समेत कोणसभामा बोल्ने बक्ताहरुले लगाएका थिए । ओली सरकार माथि गोविन्द केसी र गंगामायालाई अनसनमै मार्न खोजेको आरोप केसी समर्थकको छ ।

डा. केसीको सत्याग्रहमा लोकमान र गोपाल पराजुलीहरु समेत तह लागेको कुरा अवगत गराउदैँ ओली सरकारलाई पनि सडकमा ल्याउन बेर नलाग्ने समर्थकहरुको भनाई थियो ।