आर्थिक

चन्द्रागिरि उद्योग वाणिज्य संघको अध्यक्षमा बानियाँ

काठमाडौँ । चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभाले उद्यमी राजेन्द्रविक्रम बानियाँको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी तीन वर्षे कार्यकाल रहने सो कार्यसमितिको उपाध्यक्षद्वयमा सुनिल रिजाल र कृष्णभक्त श्रेष्ठ, महासचिवमा घनश्याम लुइँटेल, कोषाध्यक्षमा विष्णुप्रसाद शाही, सचिवमा रमेश कार्की, सहकोषाध्यक्षमा इन्द्रवीर महर्जन रहेका छन् ।

आज यहाँ सम्पन्न सो साधारण सभाको शुभारम्भ गर्दै नेपाल उद्योण वाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले व्यावसायिक हक हितका लागि महासंघले विभिन्न काम गरिरहेको बताए।

संघका अध्यक्ष बानियाँको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासचिव लुइँटलले आगामी वर्षका नीति तथा कार्यक्रम, कोषाध्यक्ष शाहीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

संघीय संरचनामा उद्योग वाणिज्य महासंघको भूमिका अहम् रहने र चन्द्रगिरि उद्योग वाणिज्य संघलाई नमूना संघ बनाउने जानकारी अध्यक्ष बानियाँले सो अवसरमा बताए ।